‘ईमो ला ईमो स्वला’ रेडियो कार्यक्रम सञ्चालनका लागि अक्षयकोष स्थापना

भिजन समाचार
128
Shares

काठमाण्डौ । किराँत चाम्लीङ राई भाषामा प्रशारित रेडियो कार्यक्रम “ईमो ला ईमो स्वला” निरन्तर सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी साथै मातृभाषा प्रेमी जनकराज राईको अध्यक्षतामा नौ सदस्यीय “ईमो ला ईमो स्वला” अक्षयकोष सञ्चालक समिती गठन भएको छ ।
शनिबार सुम्निमा हल कोटेश्वर काठमाण्डौमा किराँत चाम्लीङ राई खाम्बा तिमका कार्यबाहक अध्यक्ष जयराम राईको प्रमुख आतिथ्यतामा चाम्लिङ राई भाषी भाषाविज्ञ, मुन्धुम अध्यता लगायत सरोकारवालाहरुको भेलाले राईको अध्यक्षतामा अक्षयकोष सञ्चालक समिती गठन भएका हो । समितीको उपाध्यक्ष कर्ण बहादुर राई, सचिव विक्रम चेतनशिल राई, सहसचिव निला राई, कोषाध्यक्ष खड्गबहादुर राई, सह कोषाध्यक्ष मुघाधन राई साथै सदस्यहरु मञ्जु राई, लाखुरानी राई र सन्तोष राई चयन भएका छन् ।

समितीमा मनिकुमार राई, जयकुमार राई, विमल राई, पर्शुराम राई, देवान किराँती, सुमन चाम्लीङ राई, अशोक राई र शान्ती कुमारी राई सल्हाहकार छन् ।
अक्षयकोषमा १५ लाख रुपैयाँ पुर्‍याउने योजनाका साथ विभिन्न अभियान सञ्चालन गरिने अध्यक्ष जनकराज राईले बताए । कोषमा संकलन गरिएको रकमको प्राप्त ब्याज बाट किराँत चाम्लीङ राई भाषामा प्रशारित रेडियो कार्यक्रम “ईमो ला ईमो स्वला” निरन्तर सञ्चालन गर्ने योजना बनाईएको अध्यक्ष राईको भनाइ छ । आफ्नो मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि चाम्लीङ राई समुदायका अगुवा सरोकारवालाहरु एक भएर सहयोग गर्न राईले अपिल गरेका छन् ।
अक्षयकोषका लागि विभिन्न व्यक्तिहरु बाट करिब दुई लाख रकम संकलन भईसकेको सचिव विक्रम चेतनशिल राईले जानकारी दिएका छन् । देश तथा विदेशमा रहेका सम्पुर्ण चाम्लिङ राई समुदाय तथा अन्य सहयोगि शिक्षक, कर्मचारी, उद्योगी, व्यवसायी, अग्रज, युवा, महिला समाजसेवीहरु बाट अक्षय कोषका लागि स्वैच्छिक रकम संकलन भईरहेको सचिव राईले बताए ।
हाल किराँत चाम्लीङ राई भाषाको रेडियो कार्यक्रम “ईमो ला ईमो स्वला” चाम्लिङ राईहरुको बाक्लो बसोबास रहेको क्षेत्र खोटाङ, उदयपुर र भोजपुर जिल्लामा प्रशारण पहुँच रहेको भिजन एफएम ९०‍.५ मेघाहर्ज ओखलढुंगा मार्फत करिब एक वर्ष देखी रहेक सोमबार बेलुका ७ बजे प्रशारण भईरहेको छ ।

यसबाट पनी सुन्न सकिन्छ https://www.visionsamachar.com/ https://www.facebook.com/visionfm90.5 //Hamro Patro//Nepali Patro
उक्त कार्यक्रमलाई विक्रम चेतनशिल राई र बुङातुङ चाम्लिङले प्रस्तुत गरिरहेका छन् । आगामी दिनमा अझ यस कार्यक्रमलाई चाम्लीङ राई भाषा संरक्षण र पुस्तान्तरणका लागि प्रभावकारी बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।चाम्लीङ राई भाषामा “ईमो ला ईमो स्वला” काे अर्थ नेपालीमा हाम्राे भाषा हाम्राे आवाज रहेकाे प्रस्ताेता बुङातुङ चाम्लीङले बताईन । https://fb.watch/nfnTkBFbHO/