अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

भिजन समाचार
78
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिका र सीभीआइडी परियोजनाको संयुक्त पहलमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री (जुत्ता तथा क्यालिपर एफओ) वितरण गरिएको छ ।

१६ जना अपाङ्गता भएका व्यक्तिलाई उक्त सहायक सामग्री प्रदान गरिएको छ । चार लाख ५० हजार रुपैयाँको बजेटमा २४ जनाको जुत्ता र क्यालिपरको नाप लिइए पनि हाललाई १६ जनालाई मात्रै वितरण गरिएको सीभीआइडी परियोजनाका फोकल पर्सन सुरेश मगरले जानकारी दिए ।

नगरप्रमुख तेजन खनालको उपस्थितिमा सामग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन यो सहयोगले टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा उपप्रमुख केदारबाबु बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भीष्मराज भट्टराई लगायतको सहभागिता रहेको थियो ।