ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका पाँच जनालाई कालाजार संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार अनुसार चार जना महिला र एक पुरुष गरि पाँच जनामा कालाजार संक्रमण भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन राकेश कुमार पटेलका अनुसार ओखलढुंगा सामुदायिक अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमांडौँको रिपाेर्ट अनुसार मानेभञ्ज्याङ गाँउपालिकाको पाँच जनामा कालाजार संक्रमण पुष्टि भएको छ । उनिहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताईएकाे छ ।
लगातार दुई हप्ता सम्म वा सो भन्दा बढी ज्वरो आउनु, भोक नलाग्नु, पेटको बाँया भाग बढेको महसुस हुनु र शरिरको तौल घट्दै-दुब्लाउदै जानु जस्ता लक्षण देखा परेमा कालाजार संक्रमण भएको हुन सक्ने भएकोले बेलैमा परिक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
कालाजार रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया