मानेभञ्ज्याङका सेवा निवृत्त चार स्वयंसेवीकालाई एक लाख सहित बिदाइ

भिजन समाचार
426
Shares

उमेर हदका कारण सेवा निवृत्त भएका ओखलढुंगाको मानेभनञ्ज्याङ गाउँपालिकाका चार जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लाई बिदाइ गरिएको छ । उनीहरुलाई जनही एक–एक लाख रकम सहित बिदाइ गरिएकाे हाे ।
गाँउपालिकाले स्वयंसेविका बिधाई कार्यक्रम आयाेजना गरेर सेवा निवृत्त भएका  देबकी राई, सोमकुमारी राई, मक्ष कुमारी राई र माया आले मगरलाई नगद एक लाख, दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरेर बिदाइ गरिएकाे गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
लामाे समय देखि स्वास्थ्य क्षेत्रमा गरेकाे योगदानको कदर गर्दै सम्मान गरि बिदाइ गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीले बताए ।