मानेभञ्ज्याङका २५ जना युवालाई ‘वेटर’ तालिम

भिजन समाचार
86
Shares

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका २५ जना युवालाई होटल ‘वेटर’ तालिम प्रदान गरिएको छ । युवाहरुलाई व्यवसायीक सीप सिकाउने उद्देश्यले एक महिने वेटर वेटे«स तालिम दिईएको हो ।

चुनावी घोषणापत्रमा युवाहरुलाई व्यवसायीक र रोजगारी सृजना गर्ने प्रतिवद्धता गरिए अनुसार तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गरि स्वरोजगार बन्न अध्यक्ष रुम्दालीले सहभागीहरुलाई आग्रह गरेका छन् ।

व्यबसायीक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगा र मानेभञ्ज्याङ गाउँपालिकाको संयुक्त एक लाख ९२ हजार लागतमा तालिमको आयोजना गरिएको हो । तालिम समापन कार्यक्रममा उपाध्यक्ष आश्रचन राई लगायतले सहभागीलाई शुभकामना सहित प्रमाणपत्र वितरण गरेका थिए ।