एसईईमा सुनकोशी उत्कृष्टः करिब ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण

भिजन समाचार
356
Shares

माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ओखलढुंगाका आठ वटा स्थानिय तह मध्ये सुनकोशी गाँउपालिकाले उत्कृष्ट नजिता ल्याएको छ । परिक्षामा सहभागी कुल परिक्षार्थी मध्ये सुनकोशीमा करिब ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८१ को एसईई परिक्षामा सुनकोशी बाट ३५३ जना सहभागी विद्यार्थी मध्ये ३३३ जना अर्थात ९४.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २० जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्राविधिक सहायक विजय कुमार यादवले जानकारी दिए ।
यस्तै नतिजा अनुसार चम्पादेवी गाँउपलिकामा ८९.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पालिकाबाट ३३३ जना सहभागी विद्यार्थी मध्ये २९८ जना उत्तीर्ण भएका हुन् । ३५ जना अनुत्तीर्ण भएका छन् ।
जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाबाट ३९९ जना विद्यार्थी सहभागीमध्ये ३५५ जना अर्थात ८८.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४४ जना अनुत्तीर्ण भएका छन् ।
त्यसै गरि मोलुङ गाँउपालिकाबाट १६७ जना सहभागी मध्ये १४५ जना उत्तीर्ण भएका छन् भने २२ जना अनउत्तीर्ण भएको छ । जसबाट ८६.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको हो ।
चिंशखुगढी गाँउपालिकाबाट १२६ जना सहभागी मध्ये १०२ जना उत्तीर्ण हुँदा २४ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । यहाँ ८०.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
लिखु गाँउपालिकाबाट १९६ जना सहभागी मध्ये १४० जना उत्तीर्ण भएको र ५६ जना अनुत्तीर्ण हुँदा पालिकामा प्रतिशतको हिसाबले ७१.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै मानेभञ्ज्याङ गाँउपालिकाबाट ३०८ जना सहभागी मध्ये १९४ जना उत्तीर्ण भएका छन् भने ११४ जना अनुत्तीर्ण छन् ।
खिजीदेम्बा गाँउपालिकाबाट १५३ जना सहभागी मध्ये ८४ जना उत्तीर्ण र ७९ जना अनुत्तीर्ण भएका छन् । प्रतिशतमा सबै भन्दा कम ५४.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्राविधिक सहायक यादवले बताए ।
यस बर्ष एसईई परिक्षामा ओखलढुंगाबाट दुई हजार ३५ जना विद्यार्थी सहभागी थिए । जसमध्ये एक हजार ६५१ जना अर्थात ८१.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्ला भर बाट ३८४ जना विद्यार्थी अनुत्तीर्ण भएको इकाईले जनाएको छ ।