डिभिजन वन कार्यलय ओखलढुंगाले यस बर्ष ९४ हजार बिरुवा वितरण गर्ने भएको छ । कार्यलयले चालु आर्थिक बर्षमा निःशुल्क वितरणका लागि ८० हजार एकवर्षे प्रजातिका बिरुवा र १४ हजार बहुवर्षे प्रजातिका बिरुवा उत्पादन गरेको हो ।
एकवर्षे बिरुवामा डाले घाँस र काठ प्रजातिका ८० हजार नर्सरी बिरुवा उत्पादनका लागी आठ लाख ८० हजार र बहुवर्षे विरुवा उत्पादनका लागि चार लाख रुपैयाँ बजेट विनियोजन भएको डिभिजन वन कार्यलयका सूचना अधिकारी हरीकाजी राईले जानकारी दिए ।
वन क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम राख्ने र सामुदायिक वन उपभोक्ता, कृषक र जिल्लाका नागरिकलाई निःशुल्क वितरण गरेर वनजंगल, खेतवारी हरभरा बनाउने उद्वेश्यले कार्यालयले बर्षेनी बिरुवा वितरण गर्ने गरेको सूचना अधिकारी राईको भनाई छ ।

उत्पादन गरिएका एकवर्षे विरुवामध्ये २० हजार रानीवन क्षेत्रमा र ६० हजार टोक्सेल क्षेत्रमा वितरण गरिने योजना रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया