सिद्धिचरणमा २७३ घर बाढी र १९५ घर पहिरोको उच्च जोखिममा

भिजन समाचार
36
Shares

ओखलढुंगाकाे सिद्धिचरण नगरपालिकामा २७३ घर बाढी र १९५ घर पहिरोको उच्च जोखिमा रहेका छन् । नगरपालिकाले मनसुनजन्य विपद् रोकथाम र प्रतिकार्यलाई प्रभावकारी बनाउन आइतबार सरोकारवालासँग छलफल गरेको छ । नगरप्रमुख तेजेन्द्र खनालको अध्यक्षतामा बसेको बैठकले विपद् योजना २०८१ संशोधन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बैठकमा प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जिल्लाको विपद् जोखिमबारे जानकारी गराएका थिए । सरोकारवालाहरूले समेत सुझाव दिएका थिए ।

हाल नगरपालिकामा तथ्याङ्क अनुसार २७३ घर बाढी र १९५ घर पहिरोको उच्च जोखिममा छन् । नगरपालिकाले जोखिमयुक्त बस्ती पहिचान, सामाग्री तयारी र उद्धार योजनालाई प्राथमिकता दिने बताइएको छ ।