ओखलढुङ्गामा सामुहिक बलात्कारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका २ का ५ जना किशोरलाई सामुहिक बलात्कार आरोपमा पक्राउ गरेको हो ।
जेठ ११ गते स्थानीय १ किशोरीलाई जबरजस्ति करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि १५ देखि १७ वर्ष उमेरका ५ जना किशोर पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ५ जना मध्ये २ जनाले समात्न सहयोग गरेको र ३ जनाले बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
प्रहरीले आरोपितहरुको पहिचान गोप्य राखेको छ ।
सामान्य गतिविधिका समेत जानकारी दिने प्रहरीले यो घटना भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया