ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले १९ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । खरको छानो मुक्त नगरपालिका बनाउने अभियान अन्तरगत वडातहबाट आएको सिफारिसका आधारमा १९ विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये १२ लाख ८५ हजार ६६२ रुपैयाँ २४ पैसामा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवार लाभग्राहीलार्ई वितरण गरिएको सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणी दाहालले जानकारी दिए । विपन्न तथा जोखिमपूर्ण अवस्थाका परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पु¥याउने उद्देश्यले उक्त जस्तापाता वितरण गरिएको उनको भनाई छ ।
प्रति घर तीन बन्डलको दरले ५७ बन्डल जस्ता विहिबार वितरण गरिएको छ ।
खरको छानाका कारण हुने आगलागी र मनसुनजन्य जोखिम मुक्त गराउन जस्तापाता वितरणको कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।
बर्षाको समयमा नगरपालिकाले जस्ता उपलब्ध गराएसँगै पानी चुहिने घरको छानो फेरिने भएसँगै स्थानीय खुसी भएका छन् ।
संघ तथा प्रदेश सरकारबाट विपन्नका घर निर्माणका लागि आउने जनता आवास कार्यक्रम र स्थानीय तहले ल्याएका खरका छानो फेर्ने कार्यक्रमले जिल्लामा पछिल्लो समय धेरै विपन्न परिवारका सुरक्षित घर बनेका छन् ।

प्रतिक्रिया