शेर्पा संघ ओखलढुंगाको अध्यक्षमा पुनः पेम्बा

शेर्पा संघ ओखलढुंगाको अध्यक्षमा पुनः पेम्बा


भिजन समाचार
4.3k
Shares

नेपाल शेर्पा संघ ओखलढुंगाको अध्यक्षमा पुनः पेम्बा शेर्पा दोहोरिएका छन् । संघको तेस्रो ऐतिहासिक अधिवेशनबाट शेर्पा दोस्रो कार्यकालका लागि पुनः दोहोरिएका हुन् ।

पहिलो कार्यकालमा संघलाई अस्थित्वको संस्थाका रुपमा विकास गर्दै शेर्पा भाषा, संस्कार र संस्कृतिको जिल्लाभर प्रवद्र्धन गरेर समुदायमा लोकप्रिय बनेका पेम्बालाई जिल्ला अधिवेशनका प्रतिनिधिहरुले नै नेतृत्वमा दोहोरिन प्रस्ताव गरेका हुन् । अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा सुरु गरेका कामलाई संस्थागत गर्दै थप रचनात्मक काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

संघको उपाध्यक्षमा फुर्बा शेर्पा, सचीवमा स्यारोन शेर्पा, सहसचिव फुर्ब शेर्पा, कोषअध्यक्ष दालकी शेर्पा र सदस्यहरुमा सोनाम टाशी शेर्पा, पेम्बा शेर्पा, माया शेर्पा र छिरिङ दावा शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।