कार्यभार सम्हाल्दै ओखलढुंगा प्रहरी प्रमुख केसीले भने– ‘प्रहरी दवाव र प्रभावमा पदैन’

कार्यभार सम्हाल्दै ओखलढुंगा प्रहरी प्रमुख केसीले भने– ‘प्रहरी दवाव र प्रभावमा पदैन’


भिजन समाचार
4.6k
Shares

ओखलढुंगाका नयाँ प्रहरी प्रमुख मदन केसीले अपराध नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि प्रहरी दवाव र प्रभावमा नपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा बिहीबार कार्यभार सम्हादै प्रहरी नायव उपरीक्षक केसीले प्रहरी सेवा प्रभावकारी बनाएर जिल्लाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाइने प्रतिवद्धता जनाएका हुन् ।

जिल्लाको समग्र वस्तुस्थिति, अपराध, घटना–दुर्घटनालगायतका विषयमा अध्ययन सुरु गरिसकेकाले योजनावद्ध ढंगले काम गर्ने बताए । भिजन एफएमसँगको कुराकानीमा उनले अपराध न्यूनिकरणको लागि सचेतना पनि महत्वपूर्ण हुने भएकाले सचेतनाका कार्यक्रमलाई गाउँ गाउँसम्म लैजाने बताए ।

केहि दिन भित्र विशेष योजना सार्वजनिक गर्ने डिएसपी केसीको तयारी छ ।

डिएसपी कृष्ण खड्काको अपराध अनुसन्धान कार्यालय भक्तपुरमा सुरुवा भएसँगै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा मोरङबाट डिएसपी केसी आएका हुन् ।