ओखलढुंगामा ९४ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । ओखलढुंगा क्याम्पस ओखलढुंगाको आयोजना तथा जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाको प्राविधिक सहयोगमा सदरमुकाममा एक दिने शिविर राखिएको हो ।
क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धिचरण नगरपालिका–१२ मा गणेश टोलमा सञ्चालन गरिएको शिविरमा ४९ जना पुरुष र ४५ जना महिला गरि कुल ९४ जनाले आँखाको सममस्याको जाँच तथा उपचार गराएका जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले जानकारी दिइन् ।

परिक्षण गरिएकामध्ये चस्मा लगाउनुपर्ने ३२, आँखा चिलाउने ११, मासु पलाएको सात, मोतिबिन्दु चार तथा अन्य ४० जनामा आँखा सम्बन्धि समस्या देखिएको छ । शिविरमा परिक्षण, औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको थियो ।
क्याम्पसले बर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएकोमा यस पटक आँखा शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख ईश्वर तिमल्सिनाको भनाई रहेको छ ।
प्रतिक्रिया