सुनकोशीका ७२ जना स्वयमंसेवीकाले जनही १५ र अवकास हुनेले पाए ५० हजार

सुनकोशीका ७२ जना स्वयमंसेवीकाले जनही १५ र अवकास हुनेले पाए ५० हजार


भिजन समाचार
9.5k
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयमं सेवीकालाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले सोमबार गाउँपालिका भित्र रहेका ७२ जना स्वयमं सेवीकालाई प्रोत्साहन स्वरुप जनही नगद १५ हजार, खादा–माला र प्रशंसा–पत्रले सम्मान गरेको हो ।

प्रत्येक बर्ष पालिकाले स्वमं सेवीकाहरुको कामको सम्मान र प्रोत्साहनका लागि नगद प्रदान गर्दै आए अनुसार उक्त कार्यक्रम गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेत्र बहादुर कटवालले बताए ।

विभिन्न स्वास्थ्य सेवा, सचेतना र समाजसेवामा गाउँटोल अहोरात्र खट्ने स्वयमं सेवीकाहरुलाई हौसला प्रदान गर्न पालिकाले यो प्रोत्साहनको कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए ।

कार्यक्रमकै अवसरमा उमेर हदका कारण अवकास पाएका ६० बर्ष माथिका पाँच जना सामुदायिक महिला स्वास्थ्य स्वयमं सेवीकालाई जनही ५० हजारको साथमा खादा–माला र प्रशंसा–पत्रले सम्मान गरिएको छ । अवकास पछिको जीवन सहज होस भन्ने उद्वेश्यले प्रोत्साहन स्वरुप उक्त रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ, प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की, स्वास्थ्य शाखा प्रमुख कटवाल लगायत पालिकाका कर्मचारी र सरोकारवालाको सहभागीता थियो ।