खिजीदेम्बामा करेन्ट लागेर १ पुरूषकाे मृत्यु

खिजीदेम्बामा करेन्ट लागेर १ पुरूषकाे मृत्यु


भिजन समाचार
5.6k
Shares

ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका ८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लागेर कैलाली जिल्लाको हसुलिया ४ बस्ने दयाराम चौधरीका छोरा ३० वर्षका बिन्दु चौधरीको मृत्यु भएको हो ।

सिग्माकोण प्रा.लि. काठमाण्डौको ठेक्कामा रहेको विद्युत विस्तार आयोजनाको कर्मचारीका रुपमा चौधरी कार्यरत थिए । चौधरीको शव सोहि ट्रान्सफर्मरमा झुण्डिरहेको अवस्थामा भेटिएको घटनास्थलबाट प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए । कानूनी प्रकृया पुरा गर्दै थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल जिल्लाको सबैभन्दा टाढा र दुर्गम क्षेत्रमा पर्दछ ।

ओखलढुङ्गाका ग्रामिण क्षेत्रहरुमा केन्द्रीय विद्युत विस्तारको काम भईरहेको छ ।