नेपाल शेर्पा संघ चिशंखुगढी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले फुर्लमु शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लाक्पा ङिमा शेर्पा, सचिवमा युटी शेर्पा, कोषाध्यक्षमा फुरकाजी शेर्पा, सहसचिवमा दाफुकी शेर्पालगायत निर्वाचत भएका छन् । त्यस्तै, जिल्ला सभा प्रतिनिधिमा पासाङ लाक्पा शेर्पा, ङावा शरा शेर्पा, ङाङ फुरी शेर्पा, पलामु शेर्पा र फुरग्याल्जे शेर्पालाई चयन गरी पठाइएको छ भने प्रदेश अधिवेशन प्रतिनिधिमा पासाङ किपा शेर्पा र मिङमार तेन्जी शेर्पालाई पठाइएको निर्वाचन मण्डलका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य मिङमार सार्की शेर्पाले जानकारी दिए ।
चिशंखुगढी ७ दोगोर्पूमा अध्यक्ष पासाङ लाक्पा शेर्पाको सभाध्यक्षता, नेपाल शेर्पा संघका केन्द्रीय सचिव लाक्पा जी शेर्पाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।
संघको सातौं महाधिवेशनको सन्दर्भमा तहगत अधिवेशन धमाधम भइरहेको छ । आजै चिसंखुगढी गाउँपालिका वडा नं. ४ र ७ को वडा अधिवेशन समेत सम्पन्न भएको जिल्ला अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
अधिवेशनले वडा नं. ४ मा डोमा शेर्पा र वडा नं. ७ मा पेमा साङगे शेर्पाका नेतृत्वमा ९–९ सदस्यीय वडा समिति समेत गठन गरेको जनाइएको छ ।
प्रतिक्रिया