ओखलढुंगाको रुम्जाटारमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना हुने भएको छ । ‘गेट वे टु रुम्जाटार’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेन्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सीताराम घिमिरेले जानकारी दिए ।
दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकिय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेन्चर आयोजना गरिएको उनले बताए । एड्भेन्चर सहभागीहरुले बीवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नेछन् ।
काठमाडौँबाट सडकमार्फत एकै दिनमा आउन सकिने ओखलढुंगाको रुम्जाटार पर्यटनका लागि उपयुक्त गन्तव्य हो ।
स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मी तथा पत्रकारलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ । पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरीटाप, पत्तालेसम्म पुग्ने कार्यक्रम छ ।
दोस्रो दिन बैशाख २७ गते सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्जाटारमा पुगिनेछ भने तेस्रो दिन सहभागीहरु विद्युतीय सवारीमै काठमाडौँ फर्कने तालिका रहेको छ ।

प्रतिक्रिया