सुरक्षा व्यवसायी संगठन नेपाल (Security Entrepreneurs Association of Nepal – SEAN) मा नयाँ नेतृत्व चयन भएकाे छ । १७औं वार्षिक साधारण सभाबाट सर्वसम्मत खेमराज भण्डारीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएकाे हाे ।
उपाध्यक्षहरूमा भोजकुमार श्रेष्ठ, प्रमोद आचार्य, र सबल चन्द्र शाह, महासचिवमा विष्णु प्रसाद तिमल्सिना, सचिवमा विजयकुमार तामाङ, सह–सचिवमा अच्युतराज गौतम, कोषाध्यक्षमा उद्धव चमरेल चयन भएका छन् ।
सदस्यहरूमा नारायणप्रसाद श्रेष्ठ, ओमप्रसाद धमला, दीपक सेढाई, महेशकुमार कुशवाहा र ईश्वरप्रसाद पौडेल निर्वाचित भएका छन् ।
संगठनले आगामी दिनमा निजी सुरक्षा क्षेत्रको सुदृढीकरण तथा व्यवसायिक हकहित संरक्षणमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया