ओखलढुंगा-सोलुखुम्बु सडक खण्डको देउरालीमा मोटरसाइकल दुर्घटनामा भएका छन् । सोलुखुम्बुबाट ओखलढुंगा जाँदै गरेको बा ४९ प २३४४ र विपरीत दिशाबाट आउदै गरेको बा ६८ प ९३६० नम्बरको बाइक एक आपसमा ठोकिएर दुर्घटना हुदाँ तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा सोलुखुम्बुबाट ओखलढुंगा जादै गरेको बा ४९ प २३४४ नम्बरको मोटरसाइकल चालक रहेको सोलु दुधकुण्ड नगरपालिका वडा नं ९ सिसाखोला बस्ने १८ बर्षको अमृत विक र ४१ वर्षीया अमृता विक रहेको र विपरीत दिशाबाट आउँदै गरेको बा ६८ प ९३६० नम्बरको मोटरसाइकल चालक सोलु दुधकुण्ड नगरपालिका वडा नं ३ बस्ने हिराकाजी श्रेष्ठको घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिए ।
घुम्तिमा ब्रेक फेलको कारण बाइक दुर्घटना भएको प्रहरीकाे अनुमान छ । दुघर्टनामा सवार ३ जना नै समान्य घाईते भएको र घाईतेलाई ओखलढुंगा सामुदायिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ ।
प्रतिक्रिया