बाहिनीपति ट्रफी :  भलिबल तर्फ रणभीम गण र बक्सिङ तर्फ दुर्गा बक्स गण उत्कृष्ट

बाहिनीपति ट्रफी :  भलिबल तर्फ रणभीम गण र बक्सिङ तर्फ दुर्गा बक्स गण उत्कृष्ट


भिजन समाचार
1.8k
Shares

दुर्गा बक्स ओखलढुंगामा सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफीको उपाधी रणभीम गण खोटाङले जितेको छ । भलिबल तर्फको उपाधि रणभीम गण खोटाङले जितेको हो । सोमबार भएको फाइनल खेलमा दुर्गा बक्ुस गण ओखलढुंगालाई ३–० को सोझो सेटमा हराउँदै रणभीम गणले उपाधि जितेको छ ।

यसैबिच विभिन्न तौल समूह अन्तर्गत भएको महिला–पुरुष बक्सिङ प्रतियोगितामा दुर्गा बक्स गण ओखलढुंगाले नौं स्वर्ण पदक जितेको छ । प्रतियोगितामा पशुपति प्रसाद गण उदयपुरले चार र रणभिम गण खोटाङले तीन स्वर्ण पदक जितेको छ ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र दुर्गाबक्स गणका गणपति प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेले विजयी गण र खेलाडीलाई पुरस्कार हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाको श्री नं.१८ वाहिनी अड्डाको आयोजना र दुर्गा बक्स गण ओखलढुंगाको समन्वयमा भएको प्रतियोगिता अन्तर्गत ओखलढुंगामा भलिबल र बक्सिङ विधाका खेलहरु भएका थिए । फुटबल, बास्केटबल, दौड लगायतका विधाका अन्य खेलहरु अन्य जिल्लामा भएका थिए ।

प्रतियोगिताले क्षेत्रिय तथा राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने भनि गणपति आङ्देम्बेले बताएका छन् । बाहिनीपति ट्रफी प्रतियोगितामा उत्कृष्ट हुँदै छनौट भएका टिम तथा खेलाडीहरुलाई ‘पृतनापति ट्रफि प्रतियोगिता’ मा पठाइने आङ्देम्बेले जानकारी दिए ।

‘पृतनापति ट्रफी प्रतियोगिता’ मा उत्कृष्ट हुने टिम र खेलाडीहरुले ‘प्रधानसेनापति ट्रफी प्रतियोगिता’ मा सहभागी हुन पाउने छन् । उक्त प्रतियोगितामा पनि उत्कृष्ट हुने खेलाडीले राष्ट्रिय खेलाडी बन्ने अवसर प्राप्त गर्ने छन् ।

प्रतियोगितामा श्री नं.१८ वाहिनी अड्डा अन्तर्गत ओखलढुंगा, उदयपुर र खोटाङको गणहरुको सहभागिता रहेको थियो ।