ओखलढुङ्गामा चट्याङ लागेर २ जना घाइते

ओखलढुङ्गामा चट्याङ लागेर २ जना घाइते


भिजन समाचार
2.4k
Shares

ओखलढुङ्गामा चट्याङ लागेर २ जना घाइते भएका छन् । आज दिउँसो परेको चट्याङ्को झिल्कोले लागेर जिल्लाको चम्पादेवी गाउँपालिका ९ डल्लीडाँडास्थित हरी तामाङको होटलमा खाजा खाँदै गरेका २ जना घाइते भएका हुन् ।

खाजा घरमा खाजा खाइरहेको अवस्थामा चट्याङको झिल्काले लाग्दा चम्पादेवी ८ विलन्दुका ३१ वर्षका चुत्र बहादुर दर्जी र विलन्दुकै पुरानोगाँउ बस्ने गणेश लाखेकी छोरी वर्ष १६ कि सबिना लाखे रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरेर उपचारका लागि मिश्रभञ्ज्याङ स्थित स्वास्थ चौकी पठाइएको छ ।

चम्पादेवी गाउँपालिकामा जिल्ला स्तरीय राष्ट्र«पति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको नजिकै परेको चट्याङ्को झिल्काले लागेर अन्य केही स्थानीय तथा खेलाडी विद्यार्थीहरुलाई समेत चोट लागेको छ ।

ओखलढुङ्गामा हिउँदको समयमा चट्याङका कारण वर्षेनी जनधनको क्षति हुने गरेको छ ।