व्यवसायिक तथा सिप विकास केन्द्र ओखलढुंगाले बेसिक र डिप्लोमा तहमा ३६ जना युवालाई निःशुल्क तालिम प्रदान गरेको छ । आधारभूतमा १८ र डिप्लोमा तहको तालिममा १८ जना युवा सहभागि भएका छन् ।
चालु आर्थिक वर्षमा विनियोजित दुई लाख ४० हजार बजेटले १८ जना युवालाई केन्द्रमै तीन महिने आधारभुत कम्प्युटर तालिम सुरु भएको छ । आज देखी तालिम सुरुभएको केन्द्र प्रमुख जितेन्द्र राईले बताए ।
केन्द्रको आयोजनामा सञ्चालन भएको ४५ दिने डिप्लोमा तहको तालिम आज समापन भएको छ । तालिममा १८ जना युवा सहभागि थिए । चालु आर्थिक बर्षमा विनियोजित एक लाख ९० हजार बजेटले तालिम सञ्चालन गरिएको केन्द्र प्रमुख राईले बताए ।
प्राविधिक दक्षता विकास गर्ने, व्यावसायिक रोजगारीको अवसर सिर्जना गर्ने, कम्प्युटर साक्षरता फैलाउने र विद्यार्थीहरूलाई आत्मनिर्भर बनाई उद्यमशीलता वा स्वरोजगारतर्फ अभिप्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया