लिखुको खाल्टेका दश जना युवालाई कम्प्युटर तालिम प्रदान

लिखुको खाल्टेका दश जना युवालाई कम्प्युटर तालिम प्रदान


भिजन समाचार
1.4k
Shares

ओखलढुंगाको लिखु गाउँपालिका–६ खाल्टेका दश जना युवालाई आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाको आयोजना तथा वडा कार्यालयको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

तालिम ४५ दिन सम्म सञ्चालन भएको थियो । युवालाई कम्प्युटर सिकाई उद्यमी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका प्रमुख मोहनराज भट्टराईले बताए ।

विज्ञान र प्रविधिको युगमा कम्प्युटर सिप अपरिहार्य भएकाले युवाहरुका लागि तालिम निकै उपयोगी भएको गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताए । युवालाई उद्यम र रोजगार सँग जोडेर आत्मनिर्भर बनाउन तालिम उपयोगी बन्ने वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले बताए । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।