ओखलढुंगाको ठुलाछापका दलित समुदायका युवालाई सिलाई कटाई तालिम दिइएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगा र सिद्धिचरण नगरपालिकाको संयुक्त आयोजनामा सिद्धिचरण–२ ठुलाछापका दलित समुदायका नौ जना युवालाई तालिम दिइएको हो ।
चालु आर्थिक बर्षमा विनियोजित दलित लक्षित एक लाख ३५ हजार बजेट बाट तीन महिने कटाई सिलाई तालिम सञ्चालन गरिएकोे केन्द्र प्रमुख जितेन्द्र राईले बताए । युवाहरुलाई उद्यमी बनाई जिविकोपार्जन सुधारका लागि तालिम सञ्चालन गरिएको केन्द्र प्रमुख राईले बताए ।
तालिम समापनको अवसरमा सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनाल, उपप्रमुख केदारबाबु बस्नेत, निमित्त केन्द्र प्रमुख भविन्द्र कार्की र वडा अध्यक्ष बसन्त कटवाल लगायतले सिकेको सीपलाई व्यबहारमा लागु गरि व्यवसायी बन्न सुझाव दिएका छन् ।
प्रतिक्रिया