कुईभिरमा भिरबाट लडेर वृद्धको मृत्यु 

कुईभिरमा भिरबाट लडेर वृद्धको मृत्यु 


भिजन समाचार
2k
Shares

ओखलढुङ्गाकाे कुइभिरमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्न भनि जङ्गल गएका चिशंखुगढी गाउँपालिका–१ कुईभिरका ६९ बर्षिय बडिहर्क राईकाे भिर बाट लडेर ज्यान गएको हाे ।

हिजाे घाँस  काट्न जङ्गल गएका राई नफर्किएपछि आज बिहान खाेजी गर्दा मृत अवस्थामा फेला परेका थिए । खरबारीको भिर भन्दा तीन सय मिटर तल राईकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मनिष लुईटेलले जानकारी दिए।

घटनाकाे विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।