ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पुलापुमा सञ्चालन भएको घुम्ती शिविरमा नयाँ व्यवसाय दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय र चम्पादेवी गाउँपालिकाको सहकार्य तथा सहजीकरणमा शिविर सञ्चालन गरिएको हो ।
घरेलु र करदाता सेवा कार्यालयले संयुक्त रुपमा शिविर सञ्चालन गरेका छन् । शिविरमा घरेलु कार्यालयबाट १० वटा नयाँ व्यवसाय दर्ता, छ वटा वाणिज्य, चार वटा उद्योग, आठ नविकरण र एक–एक वटा विवरण हेरफेर र नामसारी सेवा प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगा प्रमुख मोहनराज भट्टराईले बताए ।
गाउँमै पुगेर व्यवसायीहरुलाई सर्व सुलभ सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख भट्टराईको भनाई छ । यस्तै कर कार्यालय मार्फत करदाता शिक्षा तथा बायोमेट्रिक, दर्ता लगायतका सेवा प्रदान गरिएको छ ।
जसमा १९ वटा नयाँ व्यवसायिक पान, चार वटा व्यक्तिगत पान, दुई वटा अन्तःशुल्क ईजाजत पत्र, चार वटा करदाताको विवरण संशोधन र १३ जना करदाताको बायोमेट्रिक अद्यावधिक गरिएको कर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया