प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अदालतले विवाद रहित न्याय सम्पादन गर्नुपर्ने बताएका छन् । विवादका चाङ भए पनि विवाद रहित न्याय सम्पादन गर्नु पर्ने प्रधान न्यायधिश राउतले बताए । ओखलढुङ्गा जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भनेका हुन् ।
न्यायालय सबैको आस्था र भरोसाको केन्द्रबिन्दु भएकाले त्यो विश्वासलाई कायम राख्न न्यायालय तथा सम्बद्ध पक्ष प्रतिवद्ध हुनुपर्नेमा उनको जोड छ । आफु प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेकाले न्याय क्षेत्रको शिर उच्च राख्न सदैव प्रयत्नरत रहेको प्रधान न्यायाधीश राउतले बताए । न्याय सम्पादन र सेवा प्रवाहलाई छिटो–छरितो, विश्वसनीय, सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउँदै अदालतका भौतिक संरचनाको निर्माणलाई पनि सर्वोच्चले जोड दिएको प्रधान न्यायधिश राउतको भनाई छ ।
जिल्ला अदातको भवन उद्घाटन कार्यक्रममा प्रधान न्यायाधीश राउत, पुर्व प्रधान न्यायाधीश हरिकृष्ण कार्की, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडा, सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा लगायतले सम्बोधन सम्बोधन गरेका थिए ।
जिल्ला न्यायाधीश गिरीराज गौतलमले जिल्ला अदालतको नवनिर्मित भवनको बारेमा जानकारी गराउँदै सुविधासम्पन्न अदालत भवनबाट न्याय सम्पादन छिटो, छरितो, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे ।
प्रधान न्यायाधीश राउत सहित अतिथिहरुले नवनिर्मित भवनको इजलास सहित विभिन्न कक्षको अवलोकन समेत गरेका थिए । यस्तै अदालतको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गा दाता, निर्माण व्यवसायी लगायतलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

२०७९ असार १९ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको ३२ महिनामा भवनको निर्माण कार्य सम्पन्न भएको थियो । एसकेआई स्लेट चन्द्रज्योति जे.भीले मुल्य अधिवृद्धि कर बाहेक १९ करोड ६४ लाख १८ हजार ३२८ रुपौया चार पैसा लागतमा उक्त भवन निर्माण गरेको हो ।
ओखलढुङ्गा सदरमुकामको गोरुमारेभञ्ज्याङ नजिकै सिद्धिचरण नगरपालिका–११ मा अदालतको भवन बनेको छ । अदालतको लागि मुख्य कार्यालय सँगै सुविधा सम्पन्न ईजलास, न्यायाधीस, कर्मचारी र सुरक्षाकर्मीका लागि आवास गृह समेतको व्यवस्था रहेको छ । खानेपानी, प्रतिक्षलय र शौचालयको राम्रो व्यवस्था गरिएको छ ।
प्रतिक्रिया