पेशागत संगठनको जिल्ला स्तरिय प्रशिक्षण

पेशागत संगठनको जिल्ला स्तरिय प्रशिक्षण


भिजन समाचार
636
Shares

ओखलढुंगामा पेशागत संगठनहरुले संयुक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन् । दक्ष प्रशिक्षक उत्पादन, संगठनहरु बिच अन्तरसम्बन्ध र आवद्धता मजबुत बनाउन प्रशिक्षकलाई प्रशिक्षण दिईएको हो ।

पेशागत महासंघ ओखलढुंगा, नेपाल निजामति कर्मचारी संगठन ओखलढुंगा र नेपाल राष्ट्रिय शिक्षक संगठन ओखलढुंगाको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति सभाहलमा प्रशिक्षण सञ्चालन गरिएको नेपाल निजामति कर्मचारी संगठन नेपालका केन्द्रिय सदस्य सुजन घिमिरेले जानकारी दिए ।

पेशागत महासंघका महा–सचिव तथा निजामति कर्मचारी संगठनका पुर्व केन्द्रिय अध्यक्ष केदार देवकोटा, नेपाल निजामति कर्मचारी संगठनका निवर्तमान अध्यक्ष लेखनाथ कोइराला, निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष भवानी दाहाल, शिक्षक संगठनका केन्द्रिय नेता, पार्टीका नेता लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षण कार्यक्रमले संगठनहरुलाई चलायमान बनाई सशक्त बनाउन सहयोग पुग्ने निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष भवानी दाहालले बताइन् । प्रशिक्षणले संगठनिक संरचण निर्माण गर्न, युवा संगठन विस्तार गर्न, जागरुक र एकताबद्ध गर्न सहयोग पुग्ने निजामति कर्मचारी संगठन नेपालका केन्द्रिय सदस्य सुजन घिमिरेले बताए ।