कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले अपराधको भौगोलिक सिमा नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षणका लागि ओखलढुङ्गा आउदा डीआईजी अधिकारीले यस्तो बताएका हुन् ।
वर्तमान समय अपराधको भौगोलिक सीमा नहुने भएकाले यसका लागि समय सापेक्ष अनुकूलन गर्न जरुरी रहेको डीआईजी अधिकारीको भनाई छ । वस्तुनिष्ठ, निष्पक्ष र प्रमाणमुखी अनुसन्धान गर्दै जिल्लामा अपराध नियन्त्रण र सुशासनको क्षेत्रमा अब्बल काम गर्न उनले निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा कोशी प्रदेशका १४ वटा जिल्ला प्रहरी कार्यालयहरुमध्येमा उत्कृष्ट भएकोमा धन्यवाद दिएका छन् ।
प्रतिक्रिया