‘आयोजना बैङ्क’मा ३०३ योजना

‘आयोजना बैङ्क’मा ३०३ योजना



योजना छनोटलाई व्यवस्थित गर्न ओखलढुंगामा ‘आयोजना बैङ्क’ बारे जानकारी गराईएको छ । प्रदेश योजना आयोग कोशी प्रदेश विराटनगरको आयोजना तथा बिषयगत मन्त्रालयहरुको समन्वयमा जिल्लाका सरोकारवालाई ‘आयोजना बैङ्क’ बारे जानकारी गराइएको हो ।

आयोजना छनोट तथा बजेट विनियोजनलाई वस्तुपरक बनाउन र आयोजनाको दोहोरोपना हटाउन ‘आयोजना बैङ्क’को महत्व बारे जानकारी गराइएको प्रदेश योजना आयोगका सदस्य किशोर कुमार थुलुङले बताए । छलफलको क्रममा जिल्लाका सरोकारवालाहरुले बैंकमा ३०३ योजना समावेश गर्न माग राखेको थुलुङले जानकारी दिए ।

सो अवसरमा आयोजना छनोट तथा बार्षिक योजना तजुर्मा समेत गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसदद्वय बाबुराम गौतम र प्रदिप कुमार सुनुवार, जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागिता रहेको थियो । सहभागीहरुले योजना छनोट गर्दा सुगमलाई भन्दा दुर्गम जिल्लालाई प्राथमिकता माग गरिएको छ ।