आठ महिनामा सिद्धिचरण नगरपालिकाद्वारा ८८ लाख बढी राजस्व सङ्कलन

आठ महिनामा सिद्धिचरण नगरपालिकाद्वारा ८८ लाख बढी राजस्व सङ्कलन



ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आठ महिनाको अवधिमा ८८ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नगरपालिकामा ८८ लाख ३६ हजार ३६५ रुपैयाँ ९९ पैसा राजश्व सङ्कलन भएको हो ।

सबै भन्दा बढि भूमिकर र मालपोत बापतको कम सङ्कलन भएको राजस्व उपशाखा प्रमुख शिवराज प्रधानले बताए । प्रधानका अनुसार भूमिकर मालपोत बापत ३३ लाख १५ हजार ४६२ रुपैँयाँ ८५ पैसा राजश्व सङ्कलन भएको छ ।

कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर वापत १२ लाख ३८ हजार ५४५ रुपैयाँ ८० पैसा, अन्य विक्रीबाट प्राप्त रकम १० लाख ५७ हजार ९५६ रुपैयाँ ८३ पैसा, सिफारिस दस्तुर वापत पाँच लाख २४ हजार ८७८ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन भएको प्रधानले जानकारी दिए ।

यस्तै व्यवसाय रजिष्ट्रेशन दस्तुर बापत चार लाख ५२ हजार ६२५, नक्सा पास दस्तुर तीन लाख ७२ हजार ९२४ रुपैयाँ २२ पैसा, सम्पत्ति करबाट तीन लाख २४ हजार १३९ रुपैयाँ ५० पैसा संकलन भएको छ ।

वहाल कर नौ लाख चार हजार नौ रुपैयाँ ६६ पैसा, वहाल विटौली कर २१ हजार ९३०, अन्य कर १५ हजार ११०, सरकारी सम्पत्तिको वहालबाट प्राप्त आय २८ हजार चार सय, अन्य सेवा शुल्क तथा बिक्री ९३ हजार ७७५, शिक्षा क्षेत्रको आम्दानी १० हजार ८०० रहेको छ ।

अन्य प्रशासनिक सेवा शुल्क एक लाख २३ हजार, व्यक्तिगत घटना दर्ता दस्तुर एक लाख ४९ हजार ९००, नाता प्रमाणित दस्तुर ५५ हजार ८००, अन्य दस्तुर ८१ हजार ५० रुपैयाँ, जलस्रोत सम्बन्धि अन्य दस्तुर १९ हजार, अन्य राजश्व १४ हजार ५५०, बेरुजु बापत २५ हजार ५४० र विज्ञापन कर छ हजार ९६० रुपैया राजश्व नगरपालिकामा सङ्कलन भएको राजस्व उपशाखा प्रमुख प्रधानले बताए ।

अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिकाले कुल एक करोड ६९ लाख १८ हजार १९३ रुपैयाँ राजश्व संकलन गरेको थियो ।