११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ओखलढुंगाका विभिन्न स्थानिय तहहरुमा फरक फरक कार्यक्रम गरि मनाईएको छ । कविता, लोकगित, नृत्य, वत्तृत्वकला लगायतका प्रतियोगिता गरेर दिवस मनाईएको हो ।
विभिन्न स्थानिय तह तथा स्थानहरुमा फरक फरक कार्यक्रम गरिए पनि समग्रमा सचेतनालाई जोड दिईएको पाईन्छ । दुई दिन अघि दिवसको अवसरमा सुनकोशी गाउँपालिकाले ‘संविधानमा महिला अधिकार’ विषयक अन्तर संवाद गरेको थियो ।
आज जिल्ला स्तरिय आमा समूह सञ्जालले जिल्ला सदरमुकाममा ‘महिला अधिकार सम्बन्धि कानुनी व्यवस्था’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको अध्यक्ष कान्ती राजभण्डारीले बताईन् । मोलुङ गाउँपालिका वडा नं.१ मा नृत्य प्रतियोगता, सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा कविता, नृत्य लगायतका प्रतियोगिता सञ्चालन गरिएको छ ।
यस्तै जिल्लाको खिजिदेम्बा गाउँपालिकामा दिवसको अवसरमा महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ । आज भएको फाईनल खेलमा लिखु गाउँपालिकालाई हराउदै मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीको समूह विजयी भएको छ । यसका साथै दिवसको अवसरमा जिल्लाको अन्य स्थानिय तहहरुमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु भएको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया