एसईईका लागि ओखलढुंगामा १७ परिक्षा केन्द्र निर्धारण

एसईईका लागि ओखलढुंगामा १७ परिक्षा केन्द्र निर्धारण


भिजन समाचार
9k
Shares

यस बर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) को लागि ओखलढुंगामा १७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । आगामी चैत्र ७ गतेबाट सुरु हुने परिक्षाका लागि शिक्षा विकास तथा समन्वय इकाईले १७ केन्द्र तोकेको हो ।

इकाईको हालै बसेको बैठकले परिक्षामा विद्यार्थीको सहजताका लागि अघिल्लो बर्षको जतिनै केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका सूचना अधिकारी बिष्णु प्रसाद कँडेलले जानकारी दिए ।

केन्द्राध्यक्ष पनि केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यपक नै रहने गरि व्यवस्था मिलाइएको उनले बताए । यस बर्ष जिल्लामा २२ सय बढी विद्यार्थीले एसईई परिक्षा दिने इकाइले जनाएको छ ।

यसैबिच २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भइसकेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ ।