एक महिनामा साढे चार लाख बढी राजश्व सकंलन

एक महिनामा साढे चार लाख बढी राजश्व सकंलन


भिजन समाचार
689
Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले एक महिनाको अवधिमा साढे चार लाख बढी राजश्व संकलन गरेको छ । सवारी कारबाही बाट कार्यालयले पुस महिनामा मात्र चार लाख ७९ हजार ५०० राजश्व संकलन गरेको हो ।
सो अवधिमा ठुला तथा साना गरी ५६३ सवारी तथा चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायब निरीक्षक आशिष काफ्लेले बताए ।

ट्राफिक कारबाहीमा पर्नेमा बस, ट्रक, जिप, सुमो, कार, टेम्पो, ट्याक्टर, मोटरसाइकल रहेका छन् । कार्यालयका अनुसार पुस महिनामा तीन वटा सवारी दुर्घटना भई पाँच जना सामान्य घाईते भएका थिए ।
चालु आर्थिंक बर्षको ६ महिनाकाे अवधिमा दुई हजार ९३७ वटा सवारी कारबाहीमा परेका छन् । जसबाट २४ लाख ३७ हजार राजश्व संकलन भएको पनि कार्यालयले जनाएको छ ।