पाँच महिनामा २३ सय ७४ सवारी कारबाही, १९ लाख बढी राजश्व संकलन

पाँच महिनामा २३ सय ७४ सवारी कारबाही, १९ लाख बढी राजश्व संकलन


भिजन समाचार
3.2k
Shares

ओखलढुंगामा पाँच महिनाको अवधिमा २३ सय ७४ सवारी कारबाहिमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट पाँच महिनाको अवधिमा १९ लाख ५७ हजार ५०० राजश्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको साउन देखि मंसिर सम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट १९ लाख ५७ हजार ५०० राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी सहायक हबल्दार नारायण बहादुर बस्नेतले बताए । कारबाहीमा पर्नेमा सबै भन्दा बढी जीप र कार एक हजार २२२ वटा रहेका छन् ।

मोटरसाइकल ५२८ वटा, ट्रक ३७९ वटा, टिपर ६४ वटा, बस ११५ वटा, ट्रयाक्टर ४३ वटा र अटो २३ वटा कारबाहिमा परेको बस्नेतले जानकारी दिए । क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदाथै सेवन गरेर सवारी साधन चलाउने, हेल्मेट नलगाउने, सिट बेल्ट नबाध्ने, कागजपत्र साथमा नबोक्ने, तीव्र गतिमा सवारी साधन चलाउने, बढी भाडा लिने लगायतका सवारीका धनिलाई जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।