ओखलढुंगामा व्यक्तिगत लेखा नम्बर लिनेको संख्या आठ हजार नाघेको छ । जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएपछि हालसम्म पान नम्बर लिनेको संख्या आठ हजार ६५४ पुगेको छ ।
सरकारले ’एक व्यक्ति एक स्थायी लेखा नम्बर’को नीति लिएकाले व्यक्तिगत स्थायी लेखा नम्बर लिने बढेको करदाता सेवा कार्यालय ओखलढुंगाका सूचना अधिकारी सचिनदेव भट्टराईले जानकारी दिए ।
यस्तै कार्यालयबाट व्यावसायीक पान दर्ता गराउने व्यवसायीको संख्या १० हजार ५८६ पुगेको छ । भ्याट करमा ६६३, अन्तः शुल्कमा २९५ र अग्रीम करकट्टी प्रयोजनार्थ पान नम्बर लिने सेवाग्राहीको संख्या ५५० कायम रहेको कार्यालयले जनाएको छ ।
कार्यालयबाट स्थानी लेखा नम्बर दर्ता नविकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ ।
प्रतिक्रिया