ओखलढुंगामा घ्यूको उत्पादन बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा अनुसार जिल्लामा घ्यूको उत्पादन बढेकाे हो ।
व्यवसायीक गाई भैँसी पालन बढे सँगै घ्यू उत्पादन दर बढेको केन्द्रका प्रमुख बरिष्ठ पशु चिकित्सक डा.सुशिल कुमार अधिकारीले बताए । यस सँगै कृषकहरुको आम्दानीको श्रोत बनेको छ । बजार भाउ अनुसार घ्यू प्रति माना सात देखी आठ सयमा विक्री हुने गरेकाे छ ।
कार्यालयको तथ्यांक अनुसार २०७९ सालमा ५१.५० मट्रिक टन घ्यू उत्पादन भएको ओखलढुंगामा २०८० सालमा बढेर ५३.२१ मट्रिक टन घ्यू उत्पादन भएको छ ।
जिल्लामा दुध उत्पान पनि बढेको छ । २०७९ सालमा १५ हजार ९४२.८५ मट्रिक टन दुध उत्पादन भएकोमा २०८० मा १७ हजार ३९९.९४ मट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । पछिल्लो समय व्यवसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दो क्रममा रहेको छ ।
प्रतिक्रिया