जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त संख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल अन्तर्गत सञ्चालित पोषण पुनस्र्थापना गृहबाट बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताको सिकारबाट बचाउन सेवा प्रदान भईरहेको रुम्जाटार अस्पतालका डा. साजन दुवालले बताउनुभयो । आवासीय पोषण पुर्नस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मे देखि पाँच वर्ष मुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको डा. दुवाले जानकारी दिनुभयो ।
बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाई र उमेर अनुसारको तौल पु¥याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिका साथै हेरचाह गर्ने अभिभावकललाई समेत पोषण सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको उहाँको भनाई छ । जिल्ला अस्पतालमा सञ्चालित पोषण पुनस्र्थापना गृहबाट ओखलढुङ्गा लगायत खोटाङ र सोलुखुम्बुका नागरिकले समेत सेवा लिने गरेका छन् ।
पोषण पुर्नस्थापना गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्था हेरेर दैनिक ८ देखि १२ पटकसम्म पोषिलो आहारा खुवाउने गरिएको अस्पतालले जनाएको छ ।
केन्द्रबाट आर्थिक बर्ष २०७७/०७८ मा ३६, आव २०७८/०७९ मा ७४, आव २०७९/०८० मा ८२ र आव २०८०/०८१ मा ५२ जना बालबालिकालाई सेवाप्रदान गरिएको थियो । चालु आव २०८१/०८२ को चार महिनामा १२ जनाले सेवा लिएका छन् ।
प्रतिक्रिया