ओखलढुंगामा भएको जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टनको प्रतियोगितामा ध्यानविर–लुमुनी र सुदिप–सगुनको जोडी प्रथम भएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा कर्मचारी मिलन केन्द्र ओखलढुंगाको आयोजनामा भएको प्रतियोगीतामा कर्मचारी पुरुष डबलतर्फ ध्यानविर राई र लुमुनीराम कार्कीको जोडी प्रथम भएको हो ।
यस्तै पन्च बहादुर राई तथा नारायण मगरको जोडी द्वितीय हुँदा मनोज मगर–निरोज मगर तथा दिल कुमार तामाङ–विवेश कुमार तामाङको जोडी तृतीय भएको छ ।
यस्तै खुल्ला पुरुष डबलतर्फ सुदिप केसी र सगुनको कार्कीको जोडी प्रथम भएको छ भने हित बहादुर राई र सानुबाबु श्रेष्ठको जोडी द्वितीय भएको छ ।
यस्तै विवेक तामाङ र मनिष तामाङ तथा चंख बहादुर तामाङ र उत्तम भुजेलको जोडी तृतीय भएको खेल संयोजक तथा नापी कार्यालय ओखलढुंगाका प्रमुख सविन विकेले जानकारी दिए ।
दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश नगद् रु दश हजार, सात हजार र तीन–तीन हजार प्रदान गरिएको छ । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकालले विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । दिवसलाई रचनात्म ढंगबाट र सक्रिय सहभागीता हुने मनाउने योजना अनुसार प्रतियोगिता सञ्चालन गरिएको उनले बताए ।
दिवसको अवसरमा बुधबार उद्घाटन गरिएकोमा बिहीबार फाइनल खेल भएको थियो । संविधान दिवसको अवसरमा जिल्लामा ब्याडमिन्टन प्रतियोगितासँगै सरसफाई, दिपावली लगायतका कार्यक्रम भएका थिए ।
प्रतिक्रिया