ओखलढुंगाका १९३ जना मानसिक रोगीहरुको निःशुल्क उपचार गरिएको छ । जिल्लाको चार वटा स्थानिय तहका मानसिक रोगीहरुको पहिचान गरेर शिविर मार्फत उनिहरुको उपचार गरिएको हो ।
सीएमसी नेपाल र सम्बन्धीत पालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा उक्त संख्यामा मानसिक बिरामीहरुले सेवा लिएका हुन् । सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ, मोलुङ र चिशंखुगढी गाउँपालिका सञ्चालन गरिएको शिविरमा नयाँ मानसिक बिरामी तथा उपचार गराइरहेका गरि १९३ जनाले सेवा लिएको सीएमसी नेपालकी मनोपरामर्श कर्ता कोपिला बस्नेतले बताइन् ।
शिविरमा स्वास्थ्य परिक्षण, औषधी वितरण र आवश्यकता अनुसार परामर्श सेवा दिइएको थियो । शिविरमा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विद्यादेव शर्मा र मनोपरामर्श कतार्ले बिरामीहरुलाई परामर्श दिइएका थिए ।
प्रतिक्रिया