केतुकेकाे जिपलाईनमा बढे पर्यटक

केतुकेकाे जिपलाईनमा बढे पर्यटक


भिजन समाचार
2k
Shares

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ केतुके बजारमा जिल्लाकै पहिलो जिपलाईन सञ्चालन भइरहेको छ । जिपलाईन चढ्ने पर्यटकको संख्या बढिरहेको छ । करिब चार मनिाको अवधिमा ६०० भन्दा बढीले जिपलाईन चढेका छन् ।
नेपालकै सबैभन्दा सस्तो शुल्कमा जिपलाईन चढ्ने व्यवस्था गरिएको वडा अध्यक्ष विष्णु तामाङले बताए । ४५० मिटर लामो जिपलाईन गर्न मात्र ४०० शुल्क निर्धारण गरिएको वडाअध्यक्ष तामाङको भनाई छ । जिपलाईन सञ्चालनमा आएदेखि हालसम्म स्वदेशी, विदेशी, जिल्ला र छिमेकी जिल्लाका गरि ६०० जना भन्दा बढी चढेको वडाअध्यक्ष तामाङले जानकारी दिए ।
जिपलाईन चढ्नेहरु बाट करिब दुई लाख २५ हजार बढी आम्दानी भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन व्यापक प्रचार प्रसार गरिएको उनको भनाई छ ।

अमेरिका, इन्डोनेसीया, भारत लगायतका विदेशी पर्यटकले समेत जिपलाईन चढेका छन् ।
सिद्धिचरण लोकमार्गमा पर्ने केत्तुके बजारलाई पर्यटन हबको रुपमा विकास गर्न नेपालकै अग्लो उभिएको बुद्धको मुर्ती, पार्क साथै रैथाने बजारका रुपमा विकास गरिएको छ । पछिल्लो समय जिपलाईन लगायत अन्य पर्यटकीय पुर्वाधारका कारण व्यापार–व्यवसाय कारोबारमा वृद्धि भएको स्थानियले बताएका छन् ।
चार महिना अघि बुद्धजयन्तीको अवसरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघीय सांसद रामहरी खतिवडाले रिबन काटी जिपलाईन चढेर उद्घाटन गरेका थिए ।