ओखलढुंगाका बिरामीको केएसीमा निःशुल्क शल्यक्रिया गरिने

ओखलढुंगाका बिरामीको केएसीमा निःशुल्क शल्यक्रिया गरिने


भिजन समाचार
636
Shares

ओखलढुंगाका नागरिकले अगामी असोज १ गते निःशुल्क शल्यक्रिया सेवा पाउने भएका छन् । पहिचान भई शल्यक्रिया गर्नुपर्ने जिल्लाका बिरामीले काठमाण्डौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया सेवा पाउने भएका हुन् ।
सिद्धिचरण नगरपालिका नगरप्रमुख तथा नेपाली काँग्रेस ओखलढुंगाका जिल्ला सभापति तेजेन्द्र खनालको पहलमा काठमाण्डौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया गर्ने गरि सम्झौता भएको छ ।
सिद्धिचरण नगरपालिका तथा जिल्ला भित्रका विपन्न, गरिब असहाय नागरिकहरुको रोगको स्पष्ट पहिचान भई शल्यक्रिया गर्नुपर्ने विरामीहरुको निःशुल्क शल्यक्रिया हुने मेयर खनालले बताए । असोज १ गते भर्ना भएर त्यो दिन शल्यक्रिया गर्न समय नपुगेका बिरामीलाई अर्को दिन शल्यक्रिया गरिने उनको भनाई छ ।
शल्यक्रिया सेवा लिन चाहने जिल्लाका बिरामीले मेयर खनालको सिफासिस सहित अस्पतालमा जानुपर्नेछ । बिरामीलाई चाहिने औषधी र औषधीजन्य सामानहरु भने बिरामी आफैले व्यवस्था गर्नुपर्ने अस्पतालले जनाएको छ ।