अवैज्ञानिक विकासले निम्तिएको विनाश

अवैज्ञानिक विकासले निम्तिएको विनाश



ओखेलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा बाढी पहिरोले धान खेत र वस्तीमा क्षति गरेको छ । वर्षाका कारणले आई परेको विपद्का कारण सयौँ मुरी धान उत्पादन हुने खेत, मानव वस्ती र सार्वजनिक सम्पतिमा क्षति पुगेको छ ।
सुनकोशी गाउँपालिका–६ को भुल्केबेँसी र मानेभञ्ज्याङ गाउँपालिका–९ ठुलीबेँसी र माटेबेँसीमा सडक निर्माणका कारण क्षति भएका हुन् । यसका साथै सुनकोशी गाउँपालिका–३ सिस्नेरीको जुके गाउँका आठ परिवार बाढी पहिरोको जोखिममा परेका छन् । मानेभञ्ज्याङ देखी सिस्नेरी हुदै बलखु जाने सडक खन्ने क्रममा निस्किएको माटो वर्षाले बगाउदा माधवपुरको ठुलीबेँसी र माटेबेँसीमा क्षति भएको हो ।

यसै गरि सुनकोशी–६ को भुल्केटार देखी ताप्केडाँडा हुदै मुलखर्क जाने सडकका कारण आएको खहरे बाढीले भुल्केबेँसीको धान खेत पुरिएको छ । सुनकोशी–३ सिस्नेरी देखी वडा नं.१ बलखु जाने सडक स्तर उन्नती गर्नेक्रममा सडक छेउमा थुपारिएको माटो वर्षाले बगाउदा तल्लो क्षेत्रमा रहेको जुके गाउँका आठ परिवार जोखिममा परेका हुन् ।
केहि दिन अघि परेको अविरल वर्षाका कारण मानेभञ्ज्याङ गाउँपालिकाको ठुलीबेँसी र माटेबेँसीमा क्षति पु¥याएको छ । वर्षा सँगै आएको खहरे बाढीले मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरको ठुलीबेँसी र माटेबेँसीमा क्षति पु¥याएको हो । मानेभञ्ज्याङ देखी सुनकोशी गाउँपालिका–३ सिस्नेरी हुदै बलखु जाने सडक खन्ने क्रममा निस्किएको खहरे माटो वर्षाले बगाउदा तल्लो क्षेत्रमा रहेको वस्ति र खेतमा क्षेति गरेको स्थानिय अर्जुन गौतमले बताए ।
खहरे सँगै माथि पाखा बाट आएको बाढीले ठुलीबेँसीको लिलानाथ गौतम र भोजराज जम्मर कट्टेलको घरमा क्षति गरेको गौतमले जानकारी दिए । अन्य १४ घर जोखिममा रहेको गौतमको भनाई छ । केही धान खेत पनि पुरिएको छ । यसका साथै सोही ठाउँको माटेबेँसीको धान खेत पनि सडकका कारण माथि पाखाबाट आएको खहरे बाढीले पुरिएको गौतमले जानकारी दिए । चार भागमा करिब तीन भाग धान खेतमा क्षति पुगेको गौतमको भनाई छ ।

माटेबेँसीकै माथिल्लो क्षेत्र खहरे बाढीले पुरिएको र तल्लो क्षेत्र मोलुङ खोलाले कटान गरेको स्थानियले बताएका छन् । यसका साथै सुनकोशी गाउँपालिका–६ भुल्केटार जोड्ने झोलुङ्गे पुलमा समेत खहरे बाढी क्षति गरेको छ । ठुलीबेँसीका बासिन्दा छ दिन देखी अन्धाकारमा बस्न बाध्य भएका छन् । वर्षाका कारण आएको बाढीले विजुलीको पोल लडाउदा यहाँ विधुत अवरुद्ध भएको हो । यस विषयमा सम्बन्धीत निकायले चासो नदिएको गौतमको आरोप छ ।
वर्षाका कारण भएको क्षति भएको स्थानमा अनुगमन गनुका साथै क्षतिको मुल्याङ्कन गरि आवश्यक सहयोग उपलब्ध गराईने गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । आवश्यक थप सहयोगका लागि सम्बन्धीत निकायहरुमा पहल भईरहेको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाई छ ।
यसका साथै सुनकोशी गाउँपालिका–६ भुल्केबेँसीमा वर्षाका कारण बाढी सँगै आएको खहरेले पुरिएको स्थलमा गाउँपालिका अध्यक्ष कमल तामाङले अनुगमन गरेका छन् । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष तामाङले क्षति पुगेको धान खेत पुनः निर्माण गर्ने बताएका छन् । वर्खा सकिए पछि गाउँपालिका साथै सम्बन्धीत माथिल्लो निकायमा पहल गरेर धान खेत पहिलेकै जस्तो बनाउने स्थानियहरु सँग अध्यक्ष तामाङले प्रतिवद्धता गरेका हुन् । भुल्केबेँसीमा १६ जनाकाे धान खेत खहरेले पुरिएकाे प्रभा गाैतमले जानकारी दिएकी छिन् ।

मानेभञ्ज्याङ गाउँपालिकाको माटे र ठुलीबेँसी साथै सुनकोशी गाउँपालिकाको भुल्केबेँसी र जुके गाउँमा अवैज्ञानिक विकासका कारण निम्तिएको विनाश हुन् । माथि पाखामा सडक खनेकै कारण आएको बाढी पहिराेले तल्लो क्षेत्रको मानव वस्ती र खेतबारीमा क्षति गरेको स्थानियले बताएका छन् ।