पात्लेका वडा अध्यक्षकाे गुनासाे : ‘पहिरो पीडितको दिगो व्यवस्थापनमा संघ र प्रदेशले चासो दिएन’

पात्लेका वडा अध्यक्षकाे गुनासाे : ‘पहिरो पीडितको दिगो व्यवस्थापनमा संघ र प्रदेशले चासो दिएन’


भिजन समाचार
2.3k
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–७ का पहिरो पीडितहरुको दिगो व्यवस्थापनमा सरोकारवाला निकायले बेवास्ता गरेको पाइएको छ । गत असार १६ गतेको अबिरल बर्षा पछि वडाका विभिन्न ठाउँमा पहिरो जाँदा दर्जनौ घर जोखिममा परेपछि दुई सय बढी स्थानीय विस्थापित भएका छन् ।

पहिरोले बस्तीमा क्षति पुर्याएर बस्न जोखिमपूर्ण भएपछि पहिरो पीडितहरु छिमेकी, आफन्तकोमा र विद्यालय भवनमा आश्रय लिएर बसिरहेका छन् ।

पहिरोले पात्लेको जेसे गौँडा, पहरी वस्ती, गुरुङबारी, तामाङ वस्ती, रचनेलगायतका गाउँमा ४० घर पूर्णरुपमा क्षति हुँदा २३७ प्रभावित भएका थिए । संघ र प्रदेश सरकारबाट बस्ती स्थान्तरण, जोखिम आँकलन, पहिरो तथा भौगोलिक अध्ययन र दिगो व्यवस्थापनका लागि चासो नदिएको वडा अध्यक्ष हेम सुनुवारले बताए ।

सम्बन्धित निकायबाट फोन मार्फत पहिरोबारे जानकारी लिएको भन्दा बाहेक अन्य कुन काम नभएको उनको भनाई छ । पहिरो गएको रात भागेर ज्यान बचाएका पीडितहरु अहिले त्रिपालमुनी बस्न बाध्य रहेको र तीन साता बितिसक्दा समेत सरोकारवाला निकायले चासो नदिनु दुःखद पक्ष रहेको वडा अध्यक्ष सुनुवारले बताए ।

वडा र पालिकाको पहलबाट मात्रै ४० घरका २३७ बढी पहिरो पीडितहरुलाई आवास, खाना र आधारभूत आवश्यक्ता पुरा गर्न समस्या हुने गरेको उनको भनाई छ । यस अघि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा २३७ जना पहिरोपीडितलाई खाद्यान्न, त्रिपाल लगायतका राहत सामग्री वितरण गरिएको थियो ।