ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका चार वटा माध्यमिक तहका विद्यालयमा पोषणयुक्त दिवा खाजा कार्यक्रम लागु हुने भएको छ । गैह्रसरकारी संस्था कल्स ओवर रिजेज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाको चार वटा माध्यमिक तहका सम्पुर्ण विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाईने भएको हो ।
खाजा कार्यक्रमका लागि कल्स ओवर रिजेज नेपाल, गाउँपालिका र सम्बन्धित विद्यालय गरि त्रिपक्षिय सम्झौता भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । विद्यालयमा नियमति विद्यार्थी टिकाउन, पोषणयुक्त खाजा उपलब्ध गराई स्थानीय उत्पादन र रोजगारीलाई समेत कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष शेर्पाको भनाई छ । स्थानिय उत्पादन बाट बनेकाे स्वस्थकर खाजा बालबालिकालाई खुवाईने गाउँपालिकाले जनाएकाे छ ।
खिजिदेम्बा गाउँपालिका–१ को नर्वदेश्वर माध्यमिक विद्यालय, वडा नं.२ को चण्डेश्वरी माध्यमिक विद्यालय, वडा नं. ४ को कुण्डली माध्यमिक विद्यालय र वडा नं. ५ को फूलमती माध्यमिक विद्यालयमा कार्यक्रम लागु हुने अध्यक्ष शेर्पाले जानकारी दिए ।
बाँकी रहेका विद्यालयहरुमा आगामी वर्षमा कार्यक्रम लागु गरिने उनको भनाई छ । अध्यक्ष शेर्पाको पहलमा कल्स ओवर रिजेज नेपालको लागत साझेदारीमा माध्यमिक तहका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम संचालन भएको हो ।
प्रतिक्रिया