आर्थिक मितव्ययीता सिद्धिचरणको प्रयास

आर्थिक मितव्ययीता सिद्धिचरणको प्रयास


भिजन समाचार
954
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने प्रयास गरेको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख तेजन खनालले आर्थिक मितव्ययीताको प्रयास भएको बताएका छन् । नगरपालिका बाट हुन सक्ने फजुल खर्च कटौती गरिएको नगर प्रमुख खनालको भनाई छ ।
चालु आर्थिक बर्ष २०८०/०८१ को हालसम्म कार्यान्वयन तथा सम्पादन गरेका नीति, बजेट तथा कार्यक्रम, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास लगायतको बिषयमा सार्वजनिक सुनुवाईका क्रममा प्रमुख खनालले यस्तो बताएका हुन् । सार्वजनिक सुनुवाईमा चार बुदे प्रतिवद्धता गरिएका छन् ।

नागरिकहरुले कृषि यान्त्रिक सामाग्री वितरण, विकास निर्माण तथा मर्मतका काममा पारदर्शीता खोजेका थिए भने बिषयगत शाखाका कर्मचारी र जनप्रतिनिधिले नागरिकका गुनासोको सम्बोधन गरेका थिए ।
नगरपालिकाकाको आयोजना र भिजन नेपाल मिडिया ग्रुपको सहजिकरणमा सञ्चालन भएको कार्यक्रममा नागरिकले जनप्रतिनिधी साथै कर्मचारीलाई जिज्ञासा एवम् सुझाव दिएका थिए । सार्वजनिक सुनवाई कार्यक्रममा नागरिक तथा सरोकारवालाले राखेका जिज्ञासाको जवाफ दिदैँ सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सार्वजनिक सुनुवाई मार्फत आएका गुनासो र सुझावलाई आगामी दिनमा सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा मेयर खनाल, उपमेयर केदारबाबु बस्नेत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ बिश्वकर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमुख, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।