सुनकोशीमा तितेपातीको साबुन उत्पादन

सुनकोशीमा तितेपातीको साबुन उत्पादन


भिजन समाचार
3.3k
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा स्थानिय कच्चा पदार्थको प्रयोग गरेर साबुन बनाउने तालिम दिईएको छ । गाउँ घरमा पाईने तितेपातीको प्रयोग गरेर साबुन बनाउने तालिम दिईएको हो ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको १० वटा वडाका १७ जना महिला, पुरुषलाई तालिम दिईएको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताईन् । युवा महिला साथै पुरुषलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले गाउँ घरमा खेर गईरहेको जडिबुटीको प्रयोग गरी साबुन बनाउने तालिम दिईएको उपाध्यक्ष अधिकारीको भनाई छ ।
सिकेको सीप व्यवहारमा लागु गरी स्वरोजगार बन्न तालिममा सहभागीहरुलाई गाउँपालिका अध्यक्ष कमल तामाङले सुझाव दिएका छन् । स्वदेशी उत्पादनलाई जोड दिन सकेको खण्डमा अरुको मुख ताक्नुपर्ने अवस्था नआउने अध्यक्ष तामाङको भनाई छ ।
असार ५ देखी ९ गते सम्म सञ्चालन भएको तालिममा सम्बृद्धि साबुन उद्योग धरानका सञ्चालक मनिता घिमिरेले प्रशिक्षण दिएकी थिईन् । स्थानिय कच्चा पदार्थ प्रयोग गरेर विभिन्न प्रकारका साबुन बनाउन सकिने घिमिरेले बताईन् ।