खिजीदेम्बाको कृषि उत्पादन बजारीकरण लागि रसिलो नेपालसँग सम्झौता गरिएको छ । गाउँपालिकाको रोहवरमा रसिलो नेपालका अध्यक्ष जितेन्द्र बानियाले खिजीदेम्बाका किसानको तर्फबाट आङदेण्डी शेर्पासँग खिजीदेम्बामा उत्पादित कृषि उपजको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बजारीकरणका लागि दोहोरो सम्झौता गरेका हुन् ।
रेस्क्यु नेपालको अगुवाइमा खिजीदेम्बाका १८ जना किसानलाई सात दिने उद्यमशिलता तालिम दिएर किसानले सामुहिक उत्पादन गरेका सामानलाई बजारीकरण गर्नेगरी तालिम समापनका अवसरमा दोहोरो सम्झौतामा हस्ताक्षर गरिएको हो ।
रेस्क्यु नेपालले किसानका लागि उद्यमशिलता तालिम र बजारीकरणका लागि निरन्तर पैरवी गर्दै आएको रेस्क्यु नेपालका संयोजक तिमोथी गुरुङले बताए ।
कृषि उत्पादनको ब्राण्डिङ र बजारीकरण गर्ने योजना अनुरुप रसिलो नेपालसँग दोहोरो सम्झौता गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । गाउँको उत्पादनले अब बजार पाउने र किसानको आर्थिक समृद्धि हुने अध्यक्ष शेर्पाको भनाई छ ।
यस्तो छ दोहोरो सम्झौता :



प्रतिक्रिया