ओखलढुंगाको मोलुङ गाउँपालिका–५ का वडा अध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । वडा अध्यक्ष तथा नेपाली काँग्रेस मोलुङ गाउँपालिकाका सभापति कार्कीको बुधबार राति शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौमा ५१ बर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार घुँडामा क्यान्सर भए पछि वडा अध्यक्ष कार्कीको विगत तीन महिना देखि अस्पतालमा उपचार चलिरहेको थियाे ।
वडा अध्यक्ष कार्कीको निधनम मोलुङ गाउपालिकाले पालिकाभर बिहिबार शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडा अध्यक्ष कार्कीको निधनमा पालिकाका सरकारी कार्यालय र शिक्षण संस्थामा शोक बिदा हुने जनाएको छ ।

प्रतिक्रिया