ओखलढुंगामा नेपाली सेनाकाे बाहिनीपति ट्रफी प्रतियोगिता शुरु

ओखलढुंगामा नेपाली सेनाकाे बाहिनीपति ट्रफी प्रतियोगिता शुरु



ओखलढुंगामा नेपाली सेनाको बाहिनीपति ट्रफी प्रतियोगिता–२०८१ शुरु भएको छ । नेपाली सेनाको श्री नं.१८ वाहिनी अड्डा, उदयपुर गाइघाटको आयोजनामा दुर्गा बक्स गण ओखलढुंगामा प्रतियोगिता आज बाट सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकाल र दुर्गाबक्स गणका गणपति प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेले खेलाडीहरुलाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
प्रतियोगिताले क्षेत्रिय तथा राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने भनि गणपति आङ्देम्बेले बताएका छन् । बाहिनीपति ट्रफी प्रतियोगितामा उत्कृष्ट हुँदै छनौट भएका टिम तथा खेलाडीहरुलाई ‘पृतनापति ट्रफि प्रतियोगिता’ मा पठाइने छ । ‘पृतनापति ट्रफी प्रतियोगिता’ मा उत्कृष्ट हुने टिम र खेलाडीहरुले ‘प्रधानसेनापति ट्रफी प्रतियोगिता’ मा सहभागी हुन पाउने छन् र त्यहाँ पनि उत्कृष्ट हुने क्षमतावान खेलाडीले राष्ट्रिय खेलाडी बन्ने अवसर प्राप्त गर्ने गणपति आङ्देम्बेले जानकारी दिए ।

प्रतियोगितामा श्री नं.१८ वाहिनी अड्डा अन्तर्गत ओखलढुंगा, उदयपुर र खोटाङको गणहरुको सहभागिता रहेको छ । प्रतियोगिता आगामि जेठ ३० गतेसम्म सञ्चालन हुनेछ । ओखलढुंगामा भलिबल विधाको भईरहेको र बाहिनी अड्डा अन्तर्गतका अन्य जिल्लामा फुटबल, बास्केटबल, पौडी र बक्सिङ लगायत विधाका प्रतियोगिताहरु सञ्चालन भइरहेको नेपाली सेना श्रोतले जनाएको छ ।